
 
      २३ असोज जुम्ला । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।
बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेका क.प्र. ०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रवीनबाबु रेश्मीले जानकारी दिनु भयो ।