२१ असोज काठमान्डौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन्।
महिनौँदेखिको कूटनीतिक दुश्मनीपछि दुई अमेरिकी नेताहरूबीच भएको पहिलो औपचारिक वार्तामा दण्डात्मक करवृद्धि हटाउन आग्रह गरिएको हो।ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा दुई नेताबीच मित्रवत शैलीमा कुराकानी भएको उल्लेख छ।