
 
      १९ असोज बाँके । बाँकेमा डुबेर एक जनाको मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार खजुरा गाउँपालिका–४ का ५१ वर्षीय पोमबहादुर थापाको आइतबार बिहान शव फेला परेको हो। बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार थापा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।
थापाको शव आइतबार बिहान पौने ७ बजेतिर फेला परेको हो।इलाका प्रहरी कार्यालय धनौलीका अनुसार शनिबार दिउँसो थापा मदिरा सेवनपछि खजुरा गाउँपालिका भवनपछाडि रहेको बाबाकुटी तलाउमा पसेका थिए। पौडी खेलेर तलाउ पार गर्न खोजेका उनी बीचमै डुबेर बेपत्ता भएको स्थानीय माझीहरूले देखेका थिए।थापा डुबेर बेपत्ता भएको खबरपछि इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा सात जनाको प्रहरी टोली बेलुकी खोज तलासको लागि खटिएको थियो।