१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
६ लाख भन्दा बढि मानिस काठमान्डौं बाट बाहिरिए
६ लाख भन्दा बढि मानिस काठमान्डौं बाट बाहिरिए
  • न्युज डेस्क

१५ असोज काठमान्डौं । दसैंको घटस्थापनादेखि नवौं दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जना काठमाडौं बाहिर गएका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरू भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

दसैं सुरू भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

  • १५ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech