१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
फिलिपिन्समा शक्तिशाली भूकम्प
फिलिपिन्समा शक्तिशाली भूकम्प
  • न्युज डेस्क

१५ असोज काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बिहान बताएका छन् ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो । भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, हाल सम्म २२ जनाको शव फेला परेको छ भने मृतकको सख्या बढने बताइएको छ।

  • १५ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech