१८ आश्विन २०८२, शनिबार
१८ आश्विन २०८२, शनिबार
विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु
विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु
  • न्युज डेस्क

१२ असोज काठमाडौँ । भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिएको छ। जसमा  बालबालिका सहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्।टिभीके तमिलागा भेट्टी कझगम का प्रमुख तथा अभिनेता विजयको र्‍यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए।

केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्‍यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो ।विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् ।

  • १२ आश्विन २०८२, आईतवार प्रकाशित
  • Nabintech