७ असोज नयाँ दिल्ली। अभिनेता शाहरुख खान र विक्रान्त मेसीले सर्वश्रेष्ठ अभिनेताु को राष्ट्रिय चलचित्र पुरस्कार पाएका छन्। उनीहरूलाई यो पुरस्कार राष्ट्रपति द्रौपदी मुर्मुले प्रदान गरिन्।शाहरुखलाई उनको चलचित्र जवान का लागि र विक्रान्तलाई १२वीं फेल का लागि यो सम्मान दिइएको हो।
गत महिना ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा भएको थियो भने मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा पुरस्कार समारोह आयोजना गरिएको थियो।यी पुरस्कार सन् २०२३ मा प्रदर्शनमा आएका चलचित्रहरूमा आधारित छन्।