१ असोज काठमाडौं । त्यसो त नेपालमा जेन जीको आन्दोलनका क्रममा केहि झुट र अफवाह फैलिएका थिए । त्यस्तै मध्येको एक थियो पुर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको घरमा लागेको आगोमा परी मृत्यु भएको भन्ने हल्ला चलेको थियो यसको कतैबाट पुष्टि हुने अवस्था नभएपनि केहि भारतिय टेलिभिजन र पत्रपत्रिकाले समेत लेख्न भ्याएका थिए । यसै क्रममा चर्चित भारतीय युट्यूवर ध्रुव राठीले पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको झूटो अफवाह फैलाएका थिए । उनले खनालको घरमा आन्दोलनकारीले आगो लगाउँदा चित्रकारको मृत्यु भएको झूट फैलाएका हुन् ।
साथै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सडकमै पिटाइ खाएको समेत बताएका छन् । जब कि पौडेलको सचिवालयले नै यो हल्लालाई असत्य भएको बताइसकेको छ ।जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । कीर्तिपुर वर्न अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ सुधारोन्मुख रहेको बताइएको छ । तर, तीन करोड सब्सक्राइबर भएको राठीले गलत अफवाह फैलाएका हुन् ।विशेष गरी भारतीय राजनीतिक र सामाजिक मुद्दामा तीखो विश्लेषण गर्ने राठीका दर्शक नेपालमा पनि बाक्लो संख्यामा छन् । तर, उनले नेपालको पछिल्लो घटनाक्रमबारे भिडिओ बनाउँदा गलत तथ्यहरूको सहारा लिएको देखिन्छ ।