२९ भदौं काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत उहाले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक पार्टी घोषणा गर्नु भएको छ ।उहाले भन्नु भयो “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले वर्षौं पालेको छु ।
म नागरिक पार्टीमा आजबाट हुन्नँ । मसँगै मेरो भावना, आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्ने अपेक्षा गरेको छु ।”उहाले अगाडि भन्नु भयो , “मलाई अब झगडा गर्नु छैन, कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो । जानी नजानी दुईदुईपटक मेरो घर दहन भयो । २०७८ सालबाट २०८२ सालसम्म घरभाडा, बिजुली, पानी सबैको रकम तिरेर पार्टी चलाइरहेँ, त्यही पनि मैले जस पाइनँ ।”उहाले थरुहट आन्दोलनका नाममा ठग्ने कार्यकर्ता नचाहिने पनि बताउनु भएको छ ।