४ भदौ काठमान्डौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेको बताइएको छ । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो ।
स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो ।