४ भदौं काठमाडौं । वरिष्ठ अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । मराठी र हिन्दी फिल्ममा दर्जनौं प्रमुख भूमिकामा देखिएका पोतदारलाई विशेष गरी आमिर खानको ब्लकबस्टर फिल्म थ्री इडियट्स मा प्राध्यापकको भूमिकाले घरघरमा परिचित बनाएको थियो ।मंगलबार बिहानै इन्टरनेटमा उनका निधनको खबर फैलिँदा फिल्म प्रेमी र शुभचिन्तकहरू स्तब्ध भए ।
पोतदार लामो समयदेखि बिरामी थिए र १८ अगस्टमा मुम्बईको ठाणेस्थित ज्युपिटर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृत्युको ठ्याक्कै कारण खुल्न नसकेको भए पनि, उमेर सम्बन्धी स्वास्थ्य समस्या मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ । उनको अन्तिम संस्कार आज ठाणेमा हुनेछ ।पोतदार बलिउडमा ४४ वर्षको उमेरमा प्रवेश गरेका थिए। चरित्रमुखी भूमिकामा ख्यातिप्राप्त उनी ३ इडियट्स मा प्राध्यापकको भूमिकाका लागि सबैको सम्झनामा बस्न सफल भए।आमिर खानको पात्र रान्चोसँगको संवाद, जहाँ उनले ‘कहना क्या चाहते हो’ भनेका थिए, जुन अझै पनि इन्टरनेटमा मिम्सको रूपमा लोकप्रिय छ ।