३० साउन बाँके । बाँके प्रहरीले एकजना भारतीयलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध खैरो हेरोइनसहित भारतको रूपैडियाका रसिल अहमदलाई १ सय ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।