२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
किन भयो कैलाली कारागारमा झडप
किन भयो कैलाली कारागारमा झडप
  • न्युज डेस्क

२४ साउन कैलाली । कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने दर्जनौ कैदीबन्दी घाइते भएका छन ।शुक्रवार राती भएको झडपमा परी लागुऔषध सम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कमजोर सुरक्षा प्रणालीका कारण उक्त घटना घटेको बताइन्छ । अहिले पनि कैदीबन्दी रहेको कारागार उनिहरुले नियन्त्रणमा राखेका छन ।कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् । भित्र के कति क्षति भएको छ भन्न नसकिएको प्रहरीले जनाएको छ ।स्रोतका अनुसार अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।

स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षौँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाकाा सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।अर्को अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् ।

  • २५ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech