२३ साउन कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा ७ जना घाइते भएका छन । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहको प्रहरीले जनाएको छ ।कालिकोटको खाँडाचक्रमा कर्णाली राजमार्ग अन्तर्गत जुम्ला कालिकोट सडक खण्डमा भएको दुर्घटनामा गम्भिर घाइते भएका ५ जनाको परिचय खुलेको छैन । । कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।