२० साउन बर्दिया । लगातारको वर्षाका कारण बबई नदीमा पानीको सहत बढदै गएको छ ।बबई नदीमा पानीको सहत बढेपछि डुबान पर्नसक्ने स्थानहरूका स्थानिय वासीहरुलाई सचेत हुन आग्रह गरिएको छ । नदीमा पानीको सतह घट बढ भैरहेका कारण दाउरा टिप्न वा अन्य कामका लागी नदीमा नजान प्रशासनले आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बबई नदीमा पानीको सतह विहान खतरा चिन्ह सम्म छोएको विचमा कम भएपनि पहाडी भेगमा पानी परीरहेका कारण नदी वढन सक्ने बताउनु भयो ।
पौडेलका अनुसार बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ . १७ मिटर पगेको थियो अहिले पानीको सतह ६ . ८० पुगेपछि खतराको लेबल मानिन्छ । अहिले नदीमा पानीको सतह घटेको छ तर निरन्तर वर्षा भैरहेका कारण नदी फेरी बढन सक्ने देखिन्छ ।डुवान भएको अवस्थामा उद्धारका लागी नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली तयारी अवस्थामा रहेको पनि उहाले जानकारी दिनु भयो । वर्षेनि आउने बाढिका कारण बबई नदीले खेतियोग्य जमिन घरमा क्षति पुरयाउने गरेको छ भने मानविय क्षति पनि हुदै आएको छ । बर्दियाको पश्चिम क्षेत्रमा रहेको कर्णाली नदीमा पनी पानीको सतह बढदै गएको छ ।दाङमा लगातार परिरहेको बर्षाका कारण बबई नदीमा पानी सतह पनि बढदै गएको छ ।