१८ श्रावण २०८२, शनिबार
१८ श्रावण २०८२, शनिबार
पार्टि प्रतिपक्षमा सांसद मन्त्री !
पार्टि प्रतिपक्षमा सांसद मन्त्री !
  • न्युज डेस्क

१६ साउन काठमान्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा अझै स्वीकृति भएको छैन ।नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो पदबाट राजीनामा दिएका थिए । तर, झण्डै एक महिना हुन लाग्दा समेत उनको राजीनामा स्वीकृत हुन सकेको छैन ।संसद्मा भने नाउपाका सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा बस्दै आएका छन् ।यसबीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले दिएको राजीनामा स्वीकृत भए पनि चौधरीको राजीनामा स्वीकृत नभएको हो ।

  • १७ श्रावण २०८२, शुक्रबार प्रकाशित
  • Nabintech