१६ श्रावण २०८२, बिहीबार
१६ श्रावण २०८२, बिहीबार
बुमराह इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टबाट बाहिर
बुमराह इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टबाट बाहिर
  • न्युज डेस्क

१४ साउन काठमान्डौं । भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट सुरु हुने एन्डरसन तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्।इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको मेडिकल टिमले बुमराहको ढाडलाई जोगाउन र उनको लामो क्रिकेट करिअरलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो।

भारतीय टिम व्यवस्थापन र छनोटकर्ताले यसअघि नै इंग्ल्यान्ड भ्रमणका पाँच टेस्टमध्ये तीनवटा मात्र खेल्ने तय गरेको थियो।बुमराहले पहिलो टेस्ट खेलेका थिए। यस्तै उनले दोस्रो टेस्टमा आराम गरेका थिए।त्यसपछिका उनले टेस्ट लर्ड्स र ओल्ड ट्राफोर्डमा खेलेका थिए।

  • १५ श्रावण २०८२, बुधबार प्रकाशित
  • Nabintech