१२ श्रावण २०८२, आईतवार
१२ श्रावण २०८२, आईतवार
२४ घन्टे अल्टिमेटम पछि अध्यक्ष रन्जिता श्रेष्ठ प्रेसरमा
२४ घन्टे अल्टिमेटम पछि अध्यक्ष रन्जिता श्रेष्ठ प्रेसरमा
  • न्युज डेस्क

दीपककुमार शर्मा

१० साउन काठमान्डौ । अध्यक्षले बैठक नडाकेको भन्दै साउन ९ गते वसेको नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय समितिको बैठकले अध्यक्षलाई २४ घन्टे अल्टिमेटम दिएपछि नेपालको राजनितिमा नयाँ तरगित भएको छ ।पार्टिका संरक्षक रेशम चौधरी र पार्टि अध्यक्ष रन्जिता श्रेष्ठको आन्तरिक विवादले पार्टि तहस नहस हुँदै गएको भन्ने पार्टिका नेताहरुको भनाईलाई सापटि लिने हो भने पार्टिलाई पहिलेको अवस्थामा ल्याउनका लागी धेरै संघर्ष गर्नु पर्ने अवस्था आइलागेको छ ।पार्टिको संगठन निर्माण , पार्टिको गतिविधि सुन्य भएको ,रुपन्देहिमा उप निर्वाचनका लागी उम्मेदवार छनौट र पोखराको जग्गा प्रकरणमा अध्यक्ष रन्जिता श्रेष्ठको नाम मुछिनु लगायतका विषयमा छलफल गर्नका लागी अध्यक्षलाई पटक पटक आग्रह गर्दा पनि आलटाल गरेपछि महासचिवको भूमिकामा रहेका सांसद गंगाराम चौधरीले साउन ९ र १० गतेका लागी केन्द्रिय समितिको बैठक काठमान्डौमा राखिएको भन्दै पत्राचार गर्नु भएको थियो ।

साउन ९ गते विहान ११ वजेका लागी राखिएको बैठक दिउसो १ वजे सुरु भएको थियो । बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ अनुपस्थित रहनु भएको थियो । विद्यान अनुसार केन्द्रिय समितिको बैठक अध्यक्षले राख्नुपर्नेमा महासचिवको नामबाट काटिएको निमन्त्रण पत्रको कुनै औचित्य नभएको भन्दै अध्यक्ष रन्जिता सहित ९ जना केन्द्रिय सदस्यहरुको उपस्थिति रहेन । २१ जनाको कार्यसमितिमा १२ जनाको उपस्थिति रहको थियो । बहुमत पुगेको भन्दै वसेको बैठकले आइतवार सम्म अध्यक्षले बैठक बोलाउनु पर्ने वा बैठकमा आउनु पर्ने २४ घन्टे अल्टिमेटम दिदै बैठक सकिएको थियो । अध्यक्षले बैठक नबोलाएको खण्डमा बहुमतले जे निर्णय त्यो मान्नुपर्ने नेताहरुको भनाई छ ।पार्टि अध्यक्ष रन्जिता तत्काल बैठक बोलाउने पक्षका देखिनु भएको छैन ।

संसदिय दलको नेताबाट हटाइएपछि अध्यक्ष रन्जिता श्रेष्ठ पार्टिको अध्यक्ष पद पनि छोडनुपर्ने अवस्था आएको खण्डमा आफु निकै कमजोर हुने भएपछि विद्यानले नदिएको बैठकमा आफु नजाने बताइरहनु भएको छ ।नाउपाका केन्द्रका चार जना सांसद रहेका छन । पार्टिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउदै संसद भवनमा प्रतिपक्षको वेन्चमा वस्ने गरेको छ तर पार्टिबाट सिफारिस भएका अरुण चौधरी भने अहिले पनि राज्यमन्त्री छन र सेवा सुविधा लिइरहेका छन । पार्टिका नेता तथा कार्यकर्ताका अनुसार १२ गते सम्म केहि निकास निस्कने दावी गरेका छन ।

  • ११ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech