१२ श्रावण २०८२, आईतवार
१२ श्रावण २०८२, आईतवार
प्रचण्ड राजनीतिको ब्राण्ड हो : वर्षमान
प्रचण्ड राजनीतिको ब्राण्ड हो : वर्षमान
  • न्युज डेस्क

१० साउन काठमान्डौ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्राण्ड भएको दाबी गर्नु भएको छ ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उहाको भनाई थियो ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरूरी रहेको बताउनु भयो ।पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गर्नु भयो ।

  • ११ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech