३० असार जाजरकोट । जाजरकोटमा करेन्ट लाग्दा एक जना युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका ७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्दको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको जनाएको छ ।
सोही नगरपालिका ४ गाडेखोलास्थित पोलमा चढि विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो ।