१६ असार सुर्खेत । सुर्खेत प्रहरीले एकैदिन चार जना विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५००० आर्थिक जरिवानको फैसला सुनाइएका गणेशबहादुर डाँगी पक्राउ परेका छन्।डाँगी गुर्भाकोट नगरपालिका–९ का हुन्।प्रहरीका अनुसार बलात्कार मुद्दामा अदालतबाट २ वर्ष ६ महिना कैद सजाय तोकिएका रमेश बुढा पक्राउ परेका छन्। उनी जिल्लाको चौकुने गाउँपालिका – ३ का हुन्।
त्यस्तै, कुटपिट मुद्दामा जनही २५०० जरिवानको फैसला भएका भेरीगंगा नगरपालिका–११ की चन्द्रकला विक र गीता कामी पनि पक्राउ परेका छन्।पक्राउपछि उनीहरू सबैलाई तोकिएको सजाय वा जरिवाना भुक्तानका लागि सोमबार नै जिल्ला अदालतमा पेस गरिएको थियो।