१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
बारेकोट गाउँपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने, सिर्पाचौरमा अर्गानिक कृषि र सीपमूलक शिक्षामा जोड (पुर्णपाठ सहित)
बारेकोट गाउँपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने, सिर्पाचौरमा अर्गानिक कृषि र सीपमूलक शिक्षामा जोड (पुर्णपाठ सहित)
  • paschimpatra

बारेकोट । बारेकोट गाउँपालिकाले स्थानीय तहमा शिक्षासँगै रोजगारी र आत्मनिर्भरतामा टेवा पुर्‍याउने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यविधि, २०८१’ निर्माण गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि यो कार्यक्रम सामुदायिक विद्यालयहरूमा औपचारिक रूपमा लागू गर्ने भएको हो।

यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई अध्ययनसँगै सिपमूलक काम गर्ने अवसर दिइनेछ, जसले उनीहरूमा शिक्षा, सीप र आम्दानीको संयोजन गर्दै व्यावसायिक भविष्य निर्माणमा मद्दत पुर्‍याउनेछ।

त्यस्तै, वडा नं. १, सिर्पाचौरलाई अर्गानिक कृषि क्षेत्रको सम्भावित केन्द्रका रूपमा पहिचान गर्दै गाउँपालिकाले आर्थिक तथा प्राविधिक अध्ययन सुरु गर्ने गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी द्दारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । स्थानीय समुदायसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अघि बढाइने र साना किसानको भूमिकामा आधारित उत्पादन प्रणाली विकास गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सीपमूलक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि पटके सहायता दिने कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

हेर्नुहाेस पुर्णपाठ

वार्षिक नीति तथा कार्यक्रम २०८२-०८३ Final_0

  • ११ असार २०८२, बुधबार प्रकाशित
  • Nabintech