१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार
चितवनमा सवारी दुर्घटना सात जनाको मृत्यु
चितवनमा सवारी दुर्घटना सात जनाको मृत्यु
  • न्युज डेस्क

७ असार चितवन । चितवनमा भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको प्रदेश १,०१,००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३,००१ज २९९ नम्बरको इभी गाडी ठोकिदा सात जनाको ज्यान गएको र अठार जना घाईते भएको चितवन प्रहरीले जनाएको छ।मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती,मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी,हाल नामथर वतन नखुलेको बर्ष १९ की महिला, नामथर नखुलेकी बर्ष २५ की महिला, नामथर नखुलेको बर्ष २२ को पुरुष,नामथर नखुलेकी वर्ष ३५ की गर्भवती महिला र नामथर नखुलेको वर्ष ४० को पुरुष रहेका छन्।मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ।दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएकाले डाइभर्सन बनाएर एकतर्फी सवारी सञ्चलन गरिएको छ ।

  • ७ असार २०८२, शनिबार प्रकाशित
  • Nabintech