६ असार काठमाडौं । सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।उनी टोखाबाट पक्राउ परेकी हुन् । ब्युरोका एसएसपी होबिन्द्र बोगटी आइतबार उनलाई अदालत उपस्थित गराइने बताए ।
उनी ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार थिइन् ।प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । उनलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।अमला काठमाडौंको ठमेलस्थित होटेल भियनाकी सञ्चालक हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् । रोका तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा देखिएकी उनी त्यसपछि फरार भएकी थिइन् ।