१ असार धनुषा । धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति तिराउने आदेश दिएको हो ।
न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको थियो ।जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेशीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने आदेश दिएको हो । श्रीमानले जबरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।