२६ जेष्ठ २०८२, आईतवार
२६ जेष्ठ २०८२, आईतवार
जाजरकोटमा एक वर्षमा २४ सय बढी सवारी साधन कारबाहीमा, १७ जनाको ज्यान गयो
जाजरकोटमा एक वर्षमा २४ सय बढी सवारी साधन कारबाहीमा, १७ जनाको ज्यान गयो
  • पवन शर्मा

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८१ साउन  देखि २०८२ बैशाख मसान्तसम्मको अवधिमा २ हजार ४ सय ९ सवारी साधन ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाहीमा परेका छन्।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट राज्यले २४ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

उक्त अवधिमा जिल्लामा सवारी दुर्घटनाको दर पनि उल्लेख्य देखिएको छ। ट्राफिक कार्यालयका अनुसार विभिन्न ५८ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० जना घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारी चलाउने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने, अनियन्त्रित सडक तथा जोखिमयुक्त मोडमा सावधानी नअपनाउने जस्ता कारणले दुर्घटना बढिरहेको जनाएको छ।

जिल्ला ट्राफिक प्रमुखले नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम र कडाइका साथ नियम कार्यान्वयनमार्फत दुर्घटनाको दर घटाउने लक्ष्य लिएको बताएका छन्।

  • २६ जेष्ठ २०८२, आईतवार प्रकाशित
  • Nabintech