२९ वैशाख रुकुम पश्चिम । रूकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तिन जना घाइते भएका छन । सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी तुलसीपुरका ५० वर्षीय नरबहादुर वलीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी ४४ वर्षीया लिला वली, ५० वर्षीया दुर्गा वली र गाडी चालक तुलसीपुर–७ का ४४ वर्षीय लिलामणि भण्डारी गम्भीर घाइते भएका छन्।
कुलपूजा सकेर दाङ फर्कने क्रममा उनीहरू सवार जिप सोमबार लु।प्र ०२–००१ च ०१७७ नम्बरको जिप दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो।घाइते तीनै जनाको जिल्ला अस्पताल चौरजहारीमा उपचार जारी छ ।