२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
जाजरकोटको परिचय बोकेको ‘हाम्रो जाजरकोट’ पुस्तक सार्वजनिक
जाजरकोटको परिचय बोकेको ‘हाम्रो जाजरकोट’ पुस्तक सार्वजनिक
  • सुरीता बस्नेत

जाजरकोट । जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ। जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले पुस्तक विमोचन गर्नुभयो।

स्रष्टा जनक केसीले विभिन्न जानकार र स्रोतहरूसँगको अन्तर्क्रियाबाट तथ्य र इतिहास सङ्कलन गरी पुस्तक तयार पारेका हुन्। पुस्तकमा जाजरकोटका भूगोल, संस्कृति, इतिहास र जीवनशैलीका विविध पक्ष समेटिएका छन्। स्थानीय भाषाका लययुक्त शब्दहरू समावेश गरिएकाले पाठकलाई नयाँ स्वाद दिने पुस्तक समीक्षक चन्द्रबहादुर बुढाको टिप्पणी छ।

‘हाम्रो जाजरकोट’ पुस्तक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले प्रकाशन गरेको हो, जसको प्रकाशनमा कुशे गाउँपालिकाको विशेष योगदान रहेको लेखक केसीले जानकारी दिनुभयो। एक हजार प्रति प्रकाशित पुस्तकले जिल्लाको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि खत्रीले लेखक केसीको अथक मेहनतको प्रशंसा गर्दै यस्ता सिर्जनात्मक पहलहरूमा आगामी दिनमा पनि निरन्तर साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

  • १५ बैशाख २०८२, सोमबार प्रकाशित
  • Nabintech