७ बैशाख २०८२, आईतवार
७ बैशाख २०८२, आईतवार
यू–१९ विश्वपकपमा अफगानिस्तान , नेपाल रोकियो
यू–१९ विश्वपकपमा अफगानिस्तान , नेपाल रोकियो
  • न्युज डेस्क

६ बैशाख काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको विश्वकपको यात्रा रोकिएको छ ।काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन ।

त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । खेल नहुँदा दुवै टिमले एकरएक अंक प्राप्त गरे । त्यो नै अफगानिस्तानलाई काफी भयो ।

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित
  • Nabintech