१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
  • paschimpatra

जाजरकाेट । जाजरकोटमा कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट प्रति मृतक परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । कोभिड–१९ महामारीको समयमा परिवारको सदस्य गुमाएर पिढामा परेका परिवारलाई उक्त रकमले केहि राहत मिल्ले प्रजिअ देवकोटको भनाइ रहेको छ ।

कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि २०७८ को अनुसुची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्यावले प्रमाणित गरेको कोभिड– १९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्य कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव बीरेन्द्रबहादुर केसीले बताएका छन् ।

कोरोना संक्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का बिरबहादुर सिंह, नलगाड–५ की गंगादेवि शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठबिर थापा, भेरी–३ की कृण्णा शाह, भेरी–१० का तुलबिर राना, भेरी–४ की लिला नेपाली, भेरी–६ का सरी देवी खड्का, शिवालय–६ का हरिभक्त रोकाय लगाएत १७ जनाको ज्यान गएको थियो । कोरना संक्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केहि राहत मिलेको बाबु गुमाएका नलगाड–४ का सुधन रावलले बताए ।

कोरोना संक्रमणबाट मृत्यु भएका १७ जना मध्ये १४ जनाले रकम बुझि सकेको र ३ जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ संक्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि मृतकको परिवार भित्रको सदस्यलाई रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech