७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार
इजरायली प्रधानमन्त्री नेतन्याहु सहितलाई पक्राउ पुर्जी जारी
इजरायली प्रधानमन्त्री नेतन्याहु सहितलाई पक्राउ पुर्जी जारी
  • न्युज डेस्क

६ मंसीर काठमान्डौ । अन्तराष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।अन्तराष्ट्रिय अपराध अदालत आईसीसीका न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि पक्राउ पुर्जी गरेको हो।आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।त्यसैगरी हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ।

इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भइसकेको छ।योसँगै आईसीसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णयबारे आफ्नो सहमतिरअसहमति जाहेर गर्नेछन्।हमासका नेता देइफको मृत्यु भइसकेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए। उनलाई दक्षिणी इजरायलमा आक्रमणको नेतृत्व गरेको र १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएको आरोप थियो।हमास नेताहरूलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानीबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ।​

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित
  • Nabintech