१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार
फेरी उप विजेतामा सिमित नेपाल
फेरी उप विजेतामा सिमित नेपाल
  • न्युज डेस्क

१४ कात्तिक काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ भने घरेलु मैदानमा नेपाल भने छैटौंपटक उपविजेतामै सीमित बनेको छ ।फाइनलमा घरेलु टोली नेपाललाई २(१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

  • १४ कार्तिक २०८१, बुधबार प्रकाशित
  • Nabintech