९ कात्तिक दाङ। दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । दसैं तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिनाले जुवाताससहित पक्राउ परेका कसैलाई पनि नछोडिने बताउनु भयो ।
हालै मात्रै नेकपा माओबादी केन्द्रबाट घोराही १७ मा वडा अध्यक्षको उम्मेदवार बनेका वर्ष ५० का पदम केसीसहित १० जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।७२ जना जुवाडेको साथबाट हालसम्म ७ लाखभन्दा बढी रकम बरामद भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनु भयो ।