२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बहराइच साम्प्रदायिक हिंसाका मुख्य आरोपित भागेर नेपाल आउन चाहन्थे प्रहरीले हान्यो गोली
बहराइच साम्प्रदायिक हिंसाका मुख्य आरोपित भागेर नेपाल आउन चाहन्थे प्रहरीले हान्यो गोली
  • न्युज डेस्क

१ कात्तिक काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई भारतिय प्रहरीले नेपाल भारत सीमा नजिकै गोली हानी नियन्त्रणमा लिएको छ । विहिवार नेपाल तर्फ गोली चलाउदै भाग्दै गरेको अवस्थामा प्रहरीको जवाफी कार्वाहिमा गोली लागेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बहराइचको स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । सुरक्षाका लागि अस्पतालबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।बहराइच प्रहरीले आज सरफराज र तालिमसहित मोहम्मद फहिम, अब्दुल हमिद र मोहम्मद अफजललाई पक्राउ गरेको हो ।

घटनाको सुरु यसरी भयो

अक्टोबर १३ मा दुर्गा पूजा विसर्जनका क्रममा बहराइचको महाराजगञ्जमा पूजास्थल बाहिर अर्को समुदायले चर्को स्वरमा गीत बजाएपछि हिंसा भड्किएको थियो । त्यस क्रममा २२ वर्षीय रामगोपाल मिश्रको गोली प्रहारबाट हत्या भएको थियो ।हिंसा भड्किएपछि तोडफोड र आगजनी भएको थियो । भिडले घर, पसल, अस्पतालसहित सवारीसाधनमा आगजनी गरेको थियो ।फाटो १२ खरी अनलाईन बाट

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech