३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बर्दिया जिल्ला टेनिस संघमा शर्मा निर्वाचित
बर्दिया जिल्ला टेनिस संघमा शर्मा निर्वाचित
  • न्युज डेस्क

२४ भदौ बर्दिया । बर्दिया जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
संघको साधारण सभाले शर्मालाई निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा तुलुमल्ल ठकुरी , सचिवमा तुलाराम थापा मगर , कोषाध्यक्ष मिना चौधरी रहनु भएको छ । यसै गरी महेमुद अली मनिहार, सगीता थापा, राजेश लोध , कमलबहादुर खडका र बर्नि भण्डारी सदस्य रहनु भएको छ । सो साधारण सभा बाट संघका सस्थापक अध्यक्ष बालकृष्ण ओलीलाई संरक्षकको जिम्मेवारी दिएको छ । यस अघि उदघाटन समारोहमा टेनिस संघ का केन्द्रिय सदस्य डा.निर्माण शाह , बर्दिया जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्रपुन मगर लगायतको उपस्थिति रहेको थियो ।

बुटवल देखि पश्चिम तर्फ टेनिस कोर्ड बर्दियाको गुलरियामा मात्रै रहेको हुदाँ बर्दिया अन्य खेलमा पहिचान बनाएको अवस्थामा टेनिस खेलाडी पनि उत्पादन गर्ने उदेश्य रहेको संघका अध्यक्ष दीपककुमार शर्माले बताउनु भयो । पेशाले संञ्चारकर्मि रहनु भएका शर्मा हिमालय टाइम्स दैनिक पत्रिकामा आवद्ध हुनुहुन्छ ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech