३ भदौ बाँके । बाँकेको कोहलपुर–सुर्खेत सडक खण्ड अन्तर्गत रत्न राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् । सोमबार दिउँसो फरक–फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् ।
दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग कोहलपुर–सुर्खेत अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२, को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभया्े ।यस्तै दिउँसो ३ः२० बजे भेरीगंगा नगरपालिका–५ एमाले मोड बबइको छेउ मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किएको विश्वकर्माले बताए ।उक्त गाडी दुर्घटनामा २१ जना घाइते भएका उनले बताए ।एमाले मोडमा भएको दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।