२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सशस्त्र प्रहरी बल जाजरकोटले मनायो नवौँ स्थापना दिवस
सशस्त्र प्रहरी बल जाजरकोटले मनायो नवौँ स्थापना दिवस
  • पवन शर्मा

जाजरकोट । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले आफ्नो नवौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको विषेश आतिथ्यमा जाजरकोटमा सशस्त्र प्रहरी बल स्थापना भएको ८ वर्ष पुरा गरेर ९ बर्षमा प्रवेश भएको अवसरमा स्थापना दिवस मनाइएको हो ।

पानसमा बत्ती बालेर उद्धघाटन गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा बाहिनीपति भट्टराईले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताउनुभयो ।

साथै उहाँले वि.स. २०७३ सालमा स्थापना भएपछि सशस्त्र प्रहरी बलले विपद्, शान्ति सुरक्षा, सडक दुर्घटना लगायतमा अहम् भूमिका निबार्ह गर्नुका साथै सरोकारवाला निकायहरू सँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निबार्ह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटका सशस्त्र प्रहरी बल नायव उपरीक्षक विकास थापाले.नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता र जनताको नैसर्गिक अधिकारको लागि शक्ति सुरक्षा मुल मन्त्रलाई आत्मसाथ गर्दै सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले आयोजना गरेको खेलकुदमा उत्कृष्ट हुने, सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रमाण पत्र सहित सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका नायव महानिरीक्षक बाहिनीपति ,जाजरकोटका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना गणपति, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, जनप्रतिनिधि, उद्योगी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech