७ बैशाख २०८२, आईतवार
७ बैशाख २०८२, आईतवार
अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन
अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन
  • paschimpatra

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिका भ्रमणमा रहेका छन्।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित
  • Nabintech