६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
टेबल टेनिस खेलाडी सेलिशाको निधन
टेबल टेनिस खेलाडी सेलिशाको निधन
  • न्युज डेस्क

२३ कात्तिक काठमान्डौ । नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।

टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको जानकारी दिए।३० वर्षीया सेलिशाको शुक्रबारै किर्तिपुरमा अन्त्यष्टि गरिएको छ।सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद साग मा खेलेकी थिइन्।यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।

  • २४ कार्तिक २०८१, शनिबार प्रकाशित
  • Nabintech