११ असोज बर्दिया । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट सहित ५६ जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।
बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । मनसुन फेरि सक्रिय भयो साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ ।यस्तै, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने केही साना नदीमा समेत बहाव बढ़ने महाशाखाको पूर्वानुमान छ ।