२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
ओलम्पिकमा स्वर्ण जितेका पाकिस्तानी खेलाडीलाई ससुराले भैँसी उपहार दिए
ओलम्पिकमा स्वर्ण जितेका पाकिस्तानी खेलाडीलाई ससुराले भैँसी उपहार दिए
  • न्युज डेस्क

२८ साउन काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् ।

नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार र सम्मानका रुपमा लिइने बताए । उनले भैँसीलाई मुल्यवान र सम्मानित मानिने बताए। नवाजका चार छोरा र तीन छोरी छन्। छोरीमध्ये एकलाई अर्सदले विवाह गरेका छन् ।

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech